अागलागी पीडितलार्इ भोजपुर–बिराटनगर सेवा समाजकाे राहत


 


भोजपुर, माघ ७

भोजपुर सदरमुकामको भोटेपसलमा मंसिर ५ गते लागेको आगोलागीबाट पिडित परिवारलाई भोजपुर बिराटनगर सेवा समाज समितिले शुक्रवार बिहान राहत रकम हस्तान्तरण गरेको छ ।

आगलागीबाट पूर्णरुपमा ८ र एउटा आंशिकरुपमा घर जलेर नष्ट भएका थिए । समाजबाट संकलन भएको रकम आगलागी स्थलमा समाजका सदस्य मणी प्रधानले पिडितका तर्फबाट गणेश श्रेष्ठलाई ९७ हजार २ सय ७६ रुपैयाको बैक भौचर हस्तान्तरण भएको राहत बितरणमा सहजीकरण गरेका पत्रकार निरोज कोइरालाले जानकारी दिए ।

बिभिन्न क्षेत्रबाट संकलन भएको रकम समाजले केही भए पनि पिडितलाई सहयोग होस भनेर हस्तान्तरण गरेको समाजका सदस्य कुमार प्रसाद सुवालले बताए ।

आगलागी पिडितहरुका लागि अरु थप सहयोग जुटाउन पहल गरिएको भए पनि अहिले ९७ हजार २ सय ७६ मात्र समाजबाट संकलन भएको सदस्य प्रधानले बताए ।

सो क्रममा आगलागी पिडित गणेश श्रेष्ठले समाजले आफुहरुलाई परेको दुखमा सहयोग गरेर राम्रो काम गरेको बताउँदै समाज र अन्य निकायबाट आएको रकम गरी हाल खातामा ३ लाख २७ हजार २ सय ७६ जम्मा भएको बताए ।

सुन पसल संचानल गरेर बसेका थिरकुमार पोर्तेलको घरबाट ग्याँस सिलिण्डर लिक भएर शुरु भएको आगोलागीबाट उनको सहित स्थानियको ८ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

आगलागीबाट उनको सहित गणेश श्रेष्ठ, बद्री राणा, लालबहादुर बिक, दादिकी शेर्पा, अर्विन बराईली, फबिन्द्र श्रेष्ठ र बिश्व प्रधानको घर पूर्णरुपमा जलेर नष्ट भएका थिए ।

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्