बाढी, पहिरोलगायतका विपद्‍मा घटनामा ज्यान गुमाउनेको सङ्ख्या १०३ पुग्यो


 


काठमाडौँ । बाढी, पहिरोलगायतका विपद्‍मा घटनामा ज्यान गुमाउनेको सङ्ख्या १०३ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको हो ।

जसअनुसार काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा १ सय ३ जनाको मृत्यु भएको छ ।

यसैगरी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ९ जना घाइते भएका छन् ।

साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । १ सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ९ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ५ सय ४७ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्