कांग्रेस र एमालेलाई रविको प्रश्न – संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजेको हो ?


 


काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेबीच भएको सहमति संविधान जोगाउन नभएको बताएका छन्।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

गृहमन्त्री लामिछानेले कांग्रेस र एमालेबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा राष्ट्रिय शब्दकै मानमर्दन भएको टिप्पणी गरे ।

जब अनुसन्धानको सुई कसैको ढोकामा ढकढक्याउन गयो, तब कांग्रेस र एमालेलाई संविधानको चिन्ता लागेको उनले बताए ।

सार्वजनिक समेत नभएको त्यो सहमति संविधान जोगाउन नभएको भन्दै गृहमन्त्री लामिछानेले भने, ‘संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमति आइएपछि खुल्ला । न नेताहरुलाई थाहा छ । मध्यरातमा व्यापारीको घरमा गर्नुपर्ने यो कस्तो सहमति हो ?’

ठूला दलहरु मिल्दा लोकतन्त्रलाई असर गर्ने त होइन भन्ने चिन्ता रहेको समेत उनले बताए ।

गृहमन्त्री लामिछानेले कांग्रेस र एमाले बीच १७ असारको मध्यराति भएको सहमति शंकास्पद रहेको टिप्पणी गरे ।

मध्यरातमा व्यापारीको घरमा भएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने कारण उनले खोजे ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्