कांग्रेस–एमालेले देशलाई ४७ सालतिरै फर्काउन खोजे : प्रचण्ड (पूर्णपाठ)


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वको नाममा कांग्रेस र एमालेले देशलाई २०४७ सालतिरै फर्काउन खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनको नाममा खेलाँची गर्न खोजेको र अस्थिरता बढाउन खोजेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले भने,‘पश्चिमाको नक्कल गरेर दुई दलीय व्यवस्था गर्न खोजको खुला छ । लुकाउनै पर्दैन। २०४७ सालदेखि ६३ सालसम्म तपाईंहरूको भनेको जस्तो निर्वाचन प्रणाली थियो ? के त्यतिखेर स्थायित्व थियो त ? ४७ देखि ६३ सम्म १५ वटा सरकार बनाउने तपाईंहरूको नै होइन ? के त्यतिबेला स्थिरता थियो ?’

अस्थिरताको कारण देखाएर साना दलको अस्तित्व समाप्त गर्न खोजेको प्रचण्डको भनाइ छ ।

संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान उनले कांग्रेस र एमालेसँग माग गरे ।

प्रचण्डले संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान कांग्रेस र एमालेलाई चेतावनी दिए ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्