प्रचण्डले भने – यती, ओम्नी र गिरिबन्धुको कलंक नबोकी सरकार चलाउन नसकिने रहेछ


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यती, ओम्नी र गिरीबन्धुको कलंक नबोकी प्रधानमन्त्री बन्न सफल भएको बताएका छन्।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूले चालेको कदमले आफू विश्वासको मत पाउन हकदार गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कुनै यती, कुनै ओम्नी, कुनै गिरीबन्धुहरुको बोझ र कलंक नबोकी पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो । एउटा तप्काले देशको जग्गा लुटे पनि हुने भयो । तस्करी गरेर कानून मिचे पनि हुने भयो । यसले लोकतन्त्रमाथि नै प्रश्न उठाइसकेको थियो । त्यो भाष्य चिरेको छ ।’

प्रधानमन्त्री प्रचण्डले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताए ।

उनले आफूले कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेको बताए ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्