प्रधानमन्त्री प्रचण्डले पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने


 


काडमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन्।

देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने बताईएको छ ।

प्रचण्डले संसदबाट केहीबेरमा विश्वासको मत लिन लागेका छन् । तर, उनले विश्वासको मत नपाउने निश्चित छ ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्