कृषि फार्म सञ्चालकको हत्या आरोपमा श्रीमान्–श्रीमती पक्राउ


 


मोरङ । मोरङको सुन्दरहरैँचाका ४९ वर्षीय कृषि फार्म सञ्चालक सहदेव बजगाईंको हत्यामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-४ हाटखोलाका ३६ वर्षीय छिरिङ भनिने सुनिल तामाङ र उनकी श्रीमती प्रनिसा पाँचकोटी रहेका छन् ।

उनीहरूलाई सुनसरीको धरान उपमहानगरपालिका-१२ स्थित बलभ्रद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेस्ट हाउसबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

श्रीमान्–श्रीमती नै मृतक बजगाईंको कृषि फार्मका कर्मचारी हुन् । उनीहरूको साथबाट मृतकको मोबाइलसमेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूले हत्या गरेको स्वीकार गरेका छन् । ती दम्पतीले एक महिना अगाडिदेखि बजगाईंको फार्ममा काम गर्दै आएका थिए ।

आफ्नै कर्मचारीले बिहीबार बिहान उनीहरू विभत्स हत्या गरेर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

बजगाईंको शव बिहीबार १० बजे आफ्नै कुखुरा फार्मभित्र भेटिएको थियो । गत जेठ १० गतेबाट फार्ममा तामाङ दम्पती नै काम गर्ने गर्थे ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्