रास्वपा संसदीय दलको बैठक बस्दै


 


काठमाडौं, असार २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वास मतबारे छलफल बैठक बोलाएको हो ।

यसअघि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए । तर प्रधानमन्त्रीले विश्वासको मत लिने बताएपछि उनीहरू रोकिएका थिए ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले असार १७ गते नेपाली कांग्रेससंग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको थियो ।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्