माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु


 


चितवन, असार २८ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।

ढुंगा लागेर बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको हो ।

ढुंगा लागेर गम्भीर घाइते भएका चालक विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्