श्रीलङ्कामा छ महिनाभित्र सडक दुर्घटनामा परी एक हजार एक सयभन्दा बढीको मृत्यु


 



कोलम्बो । श्रीलङ्कामा सन् २०२४ को पहिलो छ महिनामा एक हजार १०३ सडक दुर्घटना भएको र यसका कारण एक हजार १५४ जनाको मृत्यु भएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काका यातायात राज्यमन्त्री लासन्था अलागियावान्नाले देशमा सडक दुर्घटना दर बढी भएको स्वीकार गर्दै यसलाई नियन्त्रणका लागि सरकारले यथासम्भव प्रयास जारी राख्ने बताउनुभयो ।

राष्ट्रिय सडक सुरक्षा परिषद्ले गति नियन्त्रण उपकरण खरिदका लागि श्रीलङ्का प्रहरीलाई पाँच करोड भारतीय रूपैयाँ ९करिब एक लाख ६५ हजार अमेरिकी डलर० विनियोजन गरेको र आगामी दुई हप्ताभित्र नयाँ सडक गति सीमासहितको राजपत्र पनि जारी गरिने उहाँले बताउनुभयो ।

श्रीलङ्कामा सन् २०२३ मा दुई हजार २०० सवारी दुर्घटना भएको र यसबाट दुई हजार ५५७ जनाको अकालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्