ग्लोबल आइएमई बैङ्क को निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो


 



काठमाडौं, २७ असार । ग्लोबल आइएमई बैङ्क को निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैङ्कको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैङ्कले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैङ्कहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैङ्कहरुमा निक्षेप बढेको हो ।

ग्लोबल आइएमई बैङ्क निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैङ्क तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ । वाणिज्य बैङ्कहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैङ्क ो निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ ।

ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैङ्कको ५ सय अर्ब रुपैयाँभन्दा बढी निक्षेप हुने विषय यस बैङ्कको मात्र सफलताको प्रतिबिम्ब नभई, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको सङ्केत रहेको बताउनुभयो ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो । बैङ्कका १ हजार १ सयभन्दा बढी सेवा केन्द्रहरू, जसमा ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्