ओलीकै नेतृत्वमा नयाँ सरकार बन्ने कंग्रेस महामन्त्री थापाको दाबी


 


विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै एक पार्टीले मात्र चाहेर संविधान संशोधन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा बोल्दै महामन्त्री थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए ।

महामन्त्री थापाले भने, ‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ ।’

महामन्त्री थापाले एमाले र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सात बुँदे समझदारी पालना गरिने बताए ।

पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने महामन्त्री थापाको भनाइ छ ।

महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताए ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्