मोरङमा कुखुरा फर्मभित्र सञ्चालकको हत्या


 


मोरङ । मोरङको एक कुखुरा फर्मका सञ्चालकको हत्या भएको छ।

सुन्दरहरैँचा नगरपालिका १ स्थित कुखुरा फर्मभित्र एक पुरूषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार सुन्दरहरैँचा-९ बस्ने ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो ।

वडा नम्बर ९ बस्ने उनी बिहीबार बिहान ८ बजेतिर घरबाट फर्ममा हिँडेका थिए।

मृतकको टाउको क्षतविक्षत अवस्थामा रहेको छ । घटनास्‍थलबाट बञ्चरो र दाउ पनि फेला परेको छ।

कुखुरा फर्ममा एक दम्पती समेत बस्ने गरेका थिए। उक्त दम्पती फरार रहेको प्रहरीले जनाएको छ।

उनीहरूको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्