काठमाडौं महानगरले माग्यो करारमा ३० जना ‘हेभी ड्राइभर’


 


काठमाडौं, असार २७ । काठमाडौं महानगरपालिकाले करारमा ३० जना हेभी चालकका लागि आवेदन खुलाएको छ ।

महानगरले प्रशासन समूह अन्तर्गत प्रथम तहका लागि ३० जना हेभी चालक माग गरेको हो ।

चालकको शैक्षिक योग्यता साधारण लेखपढ गर्न सक्ने तोकिएको छ । महिला र पुरूष दुबै चालकको हकमा उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।

इच्छुकले महानगरपालिकाको वेबसाइटमा रहेको हेभी ड्राइभर अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सकिन्छ ।

आवेदन आगामी साउन १६ गतेसम्म दिन सकिन्छ । दोब्बर दस्तुर तिरेर साउन २३ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्