रुसले लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई नागरिकता दिने


 


काठमाडौं । युक्रेनविरुद्धको लडाइँमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई रुस नागरिकता दिने भएको छ ।

रुसी सरकारले युद्धमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई राहत र नागरिकता दिने प्रक्रिया अघि बढाएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार रुसको दुईदिने भ्रमणका लागि मस्को पुगेका थिए । त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेर रुसी सेनामा भर्ती भएका भारतीय नागरिकहरुको सुरक्षाको विषयमा छलफल गरेका थिए ।

छलफलको क्रममा पुटिनले रुसी सेनामा भर्ती भएका भारतीयहरुलाई फर्काउन सहमति जनाएको भारतीय मिडियाहरुले बताएका छन् ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्