बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु


 


ढोरपाटन, असार २७ । वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका– ७ तितौरेमा बुधबार राति पहिरोले घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । शर्मा घरमा एक्लै बस्दै आएका थिए ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्