राप्रपा संसदीय दलको बैठक बस्दै


 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ ।

सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय लिन राप्रपाले बिहीबार संसदीय दलको बैठक आह्वान गरेको हो ।

पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले सांसदहरूसँग छलफल गरी प्राप्त सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

सरकारमा रहेका नेकपा (एमाले) लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्