एघार जिल्लाको अधिवेशन कात्तिकभित्र गर्न एमालेको निर्देशन


 


काठमाडौँ, २६ असार । नेकपा एमालेले समयमा अधिवेशन नगर्ने ११ जिल्लाको नयाँ अधिवेशन मिति तोकेको छ ।

आज ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले गत जेठ मसान्तभित्र अधिवेशन सम्पन्न गर्न सबै जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । उपमहासचिव ज्ञवालीका अनुसार ६६ जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको छ ।

एमालेका इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङका जिल्ला कमिटीको अधिवेशन हुन बाँकी छ ।

यस्तै सचिवालय बैठकले सबै जिल्लालाई साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गर्न र भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्