दोहोरो पासपोर्ट र सहकारी ठगीबारे रविमाथि छानबिन गर्नुपर्छ : मुकुल ढकाल


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सहकारी ठगीमा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

पार्टीले कारबाही गरेपछि आज पत्रकार सम्मेलन गरेका ढकालले सहकारी ठगी र दोहोरो पासपोर्टबारे सभापति लामिछानेमाथि छानबिन गर्नुपर्ने बताएका हुन् ।

सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

त्यस्तो समितिमा बस्नेहरु लामिछानेले नभई राजदूत छनोट जस्तै प्रक्रियाबाट ल्याउनुपर्ने ढकालको माग छ । उनले लामिछानेको पासपोर्ट प्रकरणबारे पनि पार्टीले छानबिन गर्नुपर्ने ढकालको माग छ ।

यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने ढकालले बताए ।

जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै उनले अगामी महिना प्रस्ताव यात्रामा जाने र कसरी जाने भनेर जनतालाई सोध्ने बताए ।

महामन्त्री ढकालले देउवाको सरकार बन्ने आशमा लामिछानेले सरकार नछाडेको आरोप लगाए ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्