नव निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै


 


एजेन्सी ।
अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारदेखि औपचारिक रुपमा ह्वाइट हाउसको जिम्मेवारी समहाल्दै छन् ।

ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ लिनेछन् । शपथका लागि भव्य तयारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबारदेखि नै राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिँदैछ ।

ट्रम्प शपथ ग्रहण समारोहका लागि ह्वाइट हाउस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ । ट्रम्पले निर्वाचन अघि देखि नै विभाजित रहेको देशलाई एकतावद्ध बनाएर लैजाने यस यस अघि एउटा साँस्कृतिक कार्यक्रममा घोषणा गरिसकेका छन् ।

शुक्रबार दिउँसो अर्थात नेपाली समय अनुसार राती पौनै ११ बजे अमेरिकाका ४५ औं राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्ने छन् ।

यस अघि उनी गत नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै रिपब्लिकन पार्टीबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्