माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै


 


काठमाडौं, असार २५ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे दलकै कार्यालयमा बस्न लागेको हो । बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे छलफल हुने बताइएको छ ।

नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्