रोल्पामा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु


 


रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे फर्किने क्रममा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–६ निगालपानी निवासी अन्दाजी ३२ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए ।

रातिको समय भएका कारण दुर्घटनाको कारण खुल्न नसकको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ ।

दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्