एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा


 


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

यस्तै, समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताको कार्यविभाजनलगायतका विषयमा छलफल हुनेछ ।

यसअघि मंगलबार बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्