रास्वपाले महामन्त्री तथा प्रवक्ता ढकाललाई जिम्मेवारीबाट हटायो


 


काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री मुकुल ढकाललाई महामन्त्री र पार्टीको प्रवक्ताबाट हटाएको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई जिम्मेवारीबाट मुक्त गरेपछि अब साधारण सदस्य मात्र रहेका छन् ।

१९ असारमा केन्द्रीय समितिबाट एकसाताका लागि निलम्बन परेका ढकाललाई पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरणसमेत मागेको थियो । तर, चित्तबुझ्दो जवाफ नदिएको ठहर आयोगले गरेको थियो ।
ढकालको अभिव्यक्ति पार्टीको विधान बमोजिम नभएको भन्दै समिति बैठकले ठहर गरेको हो ।

अनुशासन आयोगका संयोजक यज्ञमणि न्यौपानेले पार्टीको नियमअनुसार ढकाललाई कारबाही सिफारिस भएको बताए ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्