पानी पर्ने मौसमलाई सिजीको वासर ड्राइयर वासिङ मेसिन
काठमाडौं । वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढंगले कपडा धुने र मेसिनभित्र नै सहजै सुक्ने प्रविधि युक्त, सिजी वासर एन्ड ड्राइयर वासिङमेसिन, नेपालको सबैभन्दा ठूलो र नम्बर १ ब्रान्ड सिजीले उपलब्ध गराएको छ ।
पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सिजीले यो वासिङ मेसिन ल्याएको हो ।
उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरी, हिट पम्प ड्राइङ टेक्नोलोजी मार्फत कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ ।
बि ड्राइभ इन्भर्टर मोटरले १४०० आरपिएममा कपडाहरु मज्जाले घुमाएर धुन्छ । सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढंगले धुनका लागि प्रिवास, नाइट वास, एक्क्ट्रा रिन्ज अनि स्पिड वास जस्ता मोड छन् । सिजीले यो मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ ।
विभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नेपालका प्रमुख सहरहरुका सिजी स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।
प्रकाशित मिति: २५ असार २०८१, मंगलबार