प्रधानमन्त्री प्रचण्ड संसदप्रति उत्तरदायी देखिनु भएन : रमेश लेखक


 


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदप्रति उत्तरदायी नबनेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सचेतक लेखकले यस्तो बताएका हुन् ।

सचेतक लेखकले बाढीपहिरो र डुवानबाट भएको क्षतिका बारे पत्रपत्रिका पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा स्पष्ट पार्न नसक्नु दुःखद भएको बताए ।

उनले भने, ‘सरकारले विश्वासको मत लिने तयारी गरिरहेको छ । यसमा सरकारले ३० दिन पूरै लिओस् कुनै आपत्ति छैन्। तर, सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हुनपर्यो ।’

सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न आग्रह गरे ।

उनले कञ्चनपुरलगायत जिल्लामा बाढीपहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यनाकर्षण गराए।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्