महामन्त्रीबाट बर्खास्त भएपछि मुकुलको टिप्पणी – रविको क्लबबाट निष्कासित भएको हुँ !


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्कासित भएको बताएका छन् ।

पार्टी निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालका लेख्दै ढकालले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

ढकालले लेखेका छन्,‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन।’

पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको उनले बताए ।

ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्