डा. मुकुल ढकालको साधारण सदस्यता भने कायमै


 


काडमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई पदीय जिम्मेवारीबाट हटाएपनि साधारण सदस्यता भने कायमै राखेको छ ।

मंगलबार बसेको पार्टी केन्द्रीय समिति बैठकले डा ढकाललाई महामन्त्रीसहितका पदीय जिम्मेवारीबाट हटाएपनि साधारण सदस्य भने कायमै राख्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानविन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो ।

सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएपछि यो निर्णय भएको झाले बताए ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्