महामन्त्री ढकाललाई पार्टीबाट निष्कासन गर्न रास्वपा अनुशासन आयोगको सिफारिस


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

अनुशासन आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेको हो ।

आयोगले यस्तो निणय गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बसिरहेको छ ।

गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

अनुशासन समितिको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्