रुपन्देहीमा बस दुर्घटना हुँदा ८ जना घाइते


 


बुटवल । रुपन्देही तिलोत्तमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

तलोत्त नगरपालिका वडा नम्बर २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।

बसमा १६ जना सवार थिए । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्