मिस्टर नेपालको अडिसन सुरू


 


काठमाडौं । मिस्टर नेपाल २०२४ को पहिलो चरणको अडिसन झापाबाट शुरू भएको ।

नेक्स्ट मोडल्स नेपालको आयोजनामा सुरु भएको अडिसन क्रमशः विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा हुँदै काठमाडौंमा हुनेछ ।

प्रतियोगितामा १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका पाँच फिट सात इन्चमाथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका शीर्ष विजेताले मिस्टर वर्ल्ड २०२४ वा मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्वका अलावा नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्