सांग्रिला बैङ्क र भूमि व्यवस्थापन तथा अभिलेख विभाग बिच धितो बन्धक अनलाइनबाट गर्ने सम्झौता


 


काठमाडाैं, २४ असार । सांग्रिला डेभलपमेन्ट बैङ्क र भूमि व्यवस्थापन तथा अभिलेख विभाग बिच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र फुकुवा गर्ने सम्झौता भएको छ ।


नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागका कार्य अनलाइन मार्फत धितो बन्धकको कार्य गर्न बैङ्कसँग सम्झौता गरेको हो ।


सम्झौतामा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र विभागको तर्फबाट महानिर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गर्नु भएको छ । नेपाल सरकारले आफु मातहतका निकायलाई डिजिटाईशेन गर्ने अभियान अन्तर्गत अनलाईन मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको विभागका महानिर्देशक सापकोटाले बताउनुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा बैङ्क तथा बित्तीय संस्थाहरूलाई पनि सहज तथा सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैङ्कलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्