गृहमन्त्रीले मन्त्र रटाए तराईबासी आफ्ना कार्यकर्तालाई


 


सप्तरी, माघ ६
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले तराईबासी आफ्ना कार्यकर्ताहरुलाई विभिन्न नौ वटा मन्त्र  रटाएका छन् ।

बिहीबार सप्तरी कांग्रेस क्षेत्र नम्बर ४ ले सप्तरीमा आयोजना गरेकोे कार्यक्रममा उनले जुनसुकै समस्या आउँदा पनि नहड्बडाउन आग्रह गर्दै तराईबासी आफ्ना कार्यकर्तालाई विभिन्न नौ वटा मन्त्र सधैं स्मरण गर्न आग्रह गरका हुन् ।

उनले तराईबासींहरुको बीचमा कुनै द्वन्द्व अथवा कुनै झगडा हुन गएमा आफुले रटाएका नौ वटा मन्त्रलाई स्मरण गर्नुपर्ने र समस्या समाधान हुने बताए ।

उनले रटाएका विभिन्न नौ वटा मन्त्रको पहिलो नम्बरमा राष्ट्रियता, दोस्रोमा लोकतन्त्र, तेस्रोमा समाजवाद, चौथोमा गणतन्त्र, पाँचौमा संघियता, छैठौंमा धर्म निरपेक्ष, सातौंमा समावेशिता, आठौंमा मिश्रति निर्वाचन प्रणाली र नवौंमा अहिंसा र शान्ति रहेका छन् ।

त्यसैगरि गृहमन्त्री निधिले एमालेले संविधान संशोधनको मागलाई विदेशीको भन्नु हास्यास्पद भएको बताए ।

संशोधन राष्ट्रिय हितमा नरहेको प्रमुख विपक्षी एमाले गरिरहेको दाबीको खण्डन गर्दै उनले ‘यो माग सम्पूर्ण नेपालीको भएको र, संशोधन भए समग्र नेपालीको पक्षमा हुने समेत बताए ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्