सहकारीलाई नियमन गर्न छुट्टै निकाय आवश्यक छ : गभर्नर अधिकारी


 


काठकाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा अपचलन भएको नागरिकको बचतलाई सुरक्षित गर्न छुट्टै प्राधिकरण बनाउनुपर्ने बताएका छन् ।

सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले असिमित बचत संकलन गर्न दिदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताए।

गभर्नर अधिकारीले सहकारीसँग सम्बन्धित रहेर तलदेखि माथिसम्म सूचना दिने निकाय सरकारले खडा गर्नुपर्ने बताए ।

राष्ट्र बैंकले देशभरका एक सयभन्दा बढी बैंक वित्तीय संस्थाको नियमन गरिरहेकाले सबै सहकारीलाई प्रभावकारी अनुगमन गर्न छुट्टै निकाय आवश्यक देखिएको गभर्नर अधिकारीले बताए ।

गभर्नर अधिकारीले सहकारीको ऋणको सिद्धान्त के हो भन्ने प्रष्ट नभएकोले प्रभावकारी नीतिगत व्यवस्था गर्न संसदीय समितिलाई आग्रह गरे ।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्