प्रभु साहको आरोपः सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ


 


काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरुनै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनको जिकिर थियो ।

उनले भने, ‘हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफै हुण्डी कारोबारमा संलग्न छ ।’

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने बताए । उनले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।

‘सरकार उच्च ओहोदाका मान्छेहरु हुण्डी कारोबारमा संलग्न छन् । मन्त्रीहरु, ठूल्ठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन्। ‘ उनले भने ।

अध्यक्ष साहले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘बैंकहरु आफैं अप्रत्यक्ष रुपमा त्यसमा संलग्न छन् । र, नेपाल यसरी बर्बाद हुँदैछ । राजस्व दिनदहाडै छली हुन्छ । भन्सार छली हुण्डीकै कारण भएको छ ।’

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्