बागमतीमा मुख्यमन्त्री बन्न कांग्रेसभित्र रस्साकस्सी


 


काठमाडौं । एमाले बागमती प्रदेश सरकारबाट सोमबार बाहिरिएसँगै माओवादी केन्द्रका नेता तथा मूख्यमन्त्री शालिकराम जम्ककट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले यो सरकारबाट बाहिरिनु अघि नै कांग्रेसभित्र भावी मुख्यमन्त्री को हुने भन्ने रस्साकसी सुरु भइसकेको थियो ।

केन्द्रमा भएको सहमति अनुसार कांग्रेसले बागमतीको मुख्यमन्त्री प्राप्त गर्ने भएसँगै संसदीय दलका नेता बहादुरसिंह लामा र प्रदेश सभापति इन्द्र बानियाँको सक्रियता बढेको छ । लामा र बानियाँले मुख्यमन्त्रीको अपेक्षा राखेर दौडधुप र लबिङ बढाएका छन् ।

कांग्रेसको प्रदेश सभा संसदीय दलको विधान अनुसार पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्थामा संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ । प्रदेश सभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा ‘पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताका हैसियतमा नेतृत्व प्रदान गर्ने’ उल्लेख छ ।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्