रास्वपाका मन्त्रीहरुलाई सदनमा प्रश्नः कहाँ पुग्यो खल्तीमा बोकेको राजीनामा पत्र?


 


काठमाडौं । एक महिनाअघि नै खल्तीमा राजीनामा बोकेर हिँडेको बताउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीमाथि सदनमा चर्चा भएको छ ।

प्रधानमन्त्री अल्पमतमा पर्दासमेत राजीनामा नबुझाउने रास्वपाका मन्त्रीहरुमाथि नैतिकताको प्रश्न उठेको हो । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले रास्वपा मन्त्रीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका हुन्।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए।

उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? भनी प्रश्न गरेका छन्।

उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन-कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्