बेचन पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचियो : स्वर्णिम वाग्ले


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन पक्राउ परेपछि सरकार ढाल्न लागेको बताए ।

उनले भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा राजनीतिक चलखेल भएको बताए।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरूले पनि बेचन झा पक्राउ परेपछि सरकार ढलेको दाबी गरेका छन् ।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्