नुवाकोटबाट ३० हजार अमेरिकी डलरसहित एक जना पक्राउ


 


नुवाकोट । नुवाकोटबाट ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार छन् ।

उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सारको संयुक्त टोलीले २१ असारमा टिमुरेबाट पक्राउ गरेको हो ।

सुनारले जुत्ताभित्र लुकाएर डलर बोकेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्