एमाले सांसद गैरेले भने – प्रधानमन्त्री प्रचण्डले एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन


 


काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्रीले एक सेकेन्ड पनि पदमा बस्न नमिल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले यस्तो बताएका हुन् । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने जिकिर गरे ।

सांसद गैरेले भने,‘सरकार घोर अल्पमतमा परेको छ । देश गम्भीर अवस्थामा पुग्दा पनि प्रधानमन्त्री संविधानको प्वाल खोज्दै हुनुहुन्छ । अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ।’

सांसद गैरेले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै सांसद गैरेले आपत्ति जनाए ।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्