मकवानपुरको रेकर्ड तोड्दै कञ्चनपुरमा नेपालकै ७७ वर्षयताको धेरै वर्षा रेकर्ड


 


कञ्चनपुर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको वर्षा हालसम्मकै नेपालमा भएको सबैभन्दा ठूलो वर्षा हो । नेपालमा वर्षामापन हुन थालेयताकै सबैभन्दा धेरै वर्षा पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको हो ।

कञ्चनपुरका विभिन्न स्वचालित वर्षामापन केन्द्रहरूमा पछिल्लो २४ घण्टामा दोधारामा ५८८ मिलिमिटर, हन्माननगरमा ५५८ मिलिमिटर र सुन्दरपुरमा ४०९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा वर्षामापन गर्न थालेको ७७ वर्षयताकै यो सबैभन्दा ठूलो वर्षा हो । कञ्चनपुरमा भएको वर्षाले हालसम्म नेपालमा भएका सबै वर्षाको रेकर्ड तोडेको छ ।

यसअघि नेपालमा सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । यो नै यसअघिको नेपालमा भएको धेरै वर्षाको रेकर्ड थियो ।

कञ्चनपुरको महेन्द्रनगरमा भने यसअघि सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो । २००९ अक्टोबर ५ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९।५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ ।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्