फेरी दोब्बरले बढ्यो तरकारीको मूल्य
काठमाडौं । फेरी तरकारीको मुल्य बढेको छ । बर्खा लागे सँगै तरकारी उत्पादनमा कमि आउने र राम्रो तरकारी पाउन मुस्कील भएको कारण मुल्य वृद्धि भएको बताईएको छ ।
बर्खा सुरु भएसँगै तरकारीको भाउमा दिनदिनै उतारचढाव आइरहेको कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यको भनाई छ । पछिल्लो साता तरकारी आयात घटेकाले मूल्य बढेको मात्रै होइन, राम्रो तरकारी पाउनै गाह्रो भएको उनले सुनाइन् ।
आचार्यका अनुसार पछिल्लो पटक गोलभेँडा, आलु, प्याज, बन्दा, काउली, सिमी, भन्टा, बोडीलगायतको भाउ मात्रै बढेको छैन ।
मौसमी तरकारी हरियो फर्सी, भिन्डी, परबर, घिरौँला, लौकाको समेत भाउ उच्च दरमा बढिरहेको छ ।
प्रकाशित मिति: २४ असार २०८१, सोमबार