कञ्चनपुरमा घर डुबान हुँदा ७ महिने शिशुको मृत्यु


 


कञ्चनपुर, असार २४ । कञ्चनपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्य भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–१ पोतिपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्यु भएको हो । सुतिरहेको अवस्था घरभित्र बाढी पस्दा सात महिने शिशु सोलु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच अविरल वर्षाले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित अधिकांस बस्ती डुबानमा परेका छन् । जिल्लाका महाकाली लगायतका नदीमा पानीको बहाव बढेपछि आसपासका बस्तीहरु डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकाली आसपासका कैयौं बासिन्दाहरुलाई सुरक्षित ठाउँमा राखिएको छ ।

भीमदत्त नगरपालिका–१८ का २ सय ५०, पुनर्वास नगरपालिकाको त्रिभुवन वस्तीका ६० र दोधारा चाँदनीमा ७२ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्