थपिए दुर्इ मन्त्री : पत्नीका धनीदेखि संघीयता विराेधीसम्म


 


काठमाडौँ, माघ  ६

प्रचण्ड नेतृत्वकाे सरकारमा थप दुर्इ मन्त्री बिहिबार थपिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उनिहरूलाई शपथ ग्रहण गराइएको हो ।

सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गत साउन २० गते गठन भएको मन्त्रिमण्डलमा सिंह र खड्का थपिएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।

नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीबाट व्यवस्थापिका–संसद्को सदस्य छन् । सिंह यसअघि पनि मन्त्री भइसकेका छन् भने खड्का मन्त्रिपरिषद्मा नयाँ अनुहार हुन् ।
नवनियुक्त मन्त्रीद्वयद्वारा पदभार ग्रहण

दुबै मन्त्रीले अाजै कार्यभार समेत सम्हालेका छन् । मन्त्री सिंह धेरै पत्नीका पतिका रूपमा परिचित छन् । दुर्इ श्रीमती रहेका सिंह हाल पार्टीकै महिला कार्यकर्तासँग बस्दै अाएका छन् ।

त्यस्तै मन्त्री खड्का भने संघियता विराेधी हुन् । उनकाे पार्टी नै अखण्ड नेपाल हाे । संविधान संशाेधनकाे पक्षमा उभ्याउनका लागि प्रचण्डले यतिबेला एकसिटे दलहरूलार्इ धमाधम मन्त्री पद बाड्न थालेका छन् । जसकाे उपहार सिंह र खड्काले पाएका हुन् ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्