बाढी र डुवानका तस्बिरहरू


 


अविरल वर्षाका कारण शनिबार देशभरका नदीमा बाढी आएको छ । धेरै बस्ती र गाउँहरू डुवानमा परेका छन् । कतिपय सडक अवरुद्ध भएका छन् । बाढी र पहिरोको प्रकोपले देशभर प्रभावित भएको छ । राससले संकलन गरेका तस्बिरहरू

त्रिवेणी (रुकुम पश्चिम), २२ असार: लगातारको वर्षाका कारण पहिरो खस्दा रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पर्ने अवरुद्ध मध्यपहाडी राजमार्ग । मध्यपहाडी सडक खण्ड अवरुद्ध हुँदा यात्रुलाई गन्तव्य पुग्न समस्या भएको छ । तस्बिर: बलबहादुर ओली/रासस
जलमग्न सडक काठमाडौँ,२२ असारः काठमाडौँको तिनकुने गैरीगाउँस्थित जलमग्न सडकमा जमेको पानीको प्रर्वाह नगरी जोखिम मोलेर सवारी साधन सञ्चालन गर्दै चालक । तस्बिर: विमलबहादुर बिष्ट/रासस
बस्तीमा नारायणी नदीको बाढी नवलपुर (नवलपरासी), २२ असारः अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् । तस्बिरः टेकराज पोखरेल/रासस
बस्तीमा नारायणी नदीको बाढी नवलपुर (नवलपरासी), २२ असारः अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् । तस्बिरः टेकराज पोखरेल/रासस
सुरक्षित स्थानमा जाँदै नवलपुर (नवलपरासी), २२ असारः अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै । तस्बिरः टेकराज पोखरेल÷रासस
जलमग्न घोराही दाङ, २२ असार : अविरल वर्षाका कारण शनिबार जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत । तस्बिर : कुलदीप न्यौपाने/रासस
जोखिम मोलेर नदीबाट दाउरा झिक्दै नागरिक जानकी (बाँके), २२ असारः बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको सिधनवा घाटस्थित राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका दाउरा जोखिम मोलेर सङ्कलन गर्दै वडा नम्बर ६ का स्थानीयवासी । तस्बिरः रुपनी जि एम/रासस
बाढीका कारण सडक अवरुद्ध सुन्दरबजार (लमजुङ), २२ असार ःमध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ सुन्दरबजारको खहरे खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीको कारण सडक अवरुद्ध । यस सडक हुँदै पोखरा, चितवन, काठमाडौँलगायतका विभिन्न ठाउँहरुमा यात्रा गर्ने यात्रुहरु बिहानैदेखि अलपत्र परेका छन् । तस्बिरः विराट न्यौपाने/रासस
भत्ता बुझ्न झरीमा लामबद्ध ज्येष्ठ नागरिक गोलबजार, २२ असार : सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित रहेका सिटिजन्स बैंकमा समाजिक सुरक्षाभत्ता लिन झरीको प्रवाह नगरी लामबद्ध नागरिक । तस्बिर : लोकेन्द्रप्रसाद यादव/रासस
त्रिवेणी (रुकुम पश्चिम), २२ असार ः लगातारको वर्षाका कारण पहिरो खस्दा रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पर्ने अवरुद्ध मध्यपहाडी राजमार्ग । मध्यपहाडी सडक खण्ड अवरुद्ध हुँदा यात्रुलाई गन्तव्य पुग्न समस्या भएको छ । तस्बिर ः बलबहादुर ओली/रासस

प्रकाशित मिति: २२ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्