पूर्वप्रधानमन्त्री ओलीका पीएसओ थापाको निधन


 


काठमाडौं, असार २२ । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओको निधन भएको छ ।

सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापाको सूर्यविनायकस्थित आफ्नै निवासमा शनिबार निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुर प्रवक्ता राजन कार्कीले जनाएको छ ।

कार्कीका अनुसार उनी शुक्रबार ड्युटी सकेर घर फर्किएका थिए। खाना खाएर सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका हुन् । उनलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

थापाको शवको पोस्ट्मार्टम गर्न लागिएको छ । उनलाई ‘हार्ट अट्याक’ भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति: २२ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्