बलात्कार आरोपी पक्राउ, घरबाट भरूवा बन्दुक बरामद


 


दाङ । सल्यानको त्रिवेणी गाउँपालिकाबाट बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

४३ महिलालाई घरमा कोही नभएको मौकामा बलात्कार गरेको आरोपमा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ टाट्केका ४२ वर्षीय टोपबहादुर वली पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार वलीले असार १९ गते राति कोही नभएको बेला महिलाको घरमा पुगेर ती महिलामाथि बलात्कार गरेको आरोप छ। घटना हुँदा महिलाका श्रीमान घरमा थिएनन्।

पीडित महिलाले असार २० गते इलाका प्रहरी कार्यालय लुहाममा वलीविरूद्ध जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा लुहामबाट खटिएको प्रहरी निरीक्षक रेशमलाल पौडेल नेतृत्वको टोलीले वलीलाई पक्राउ गरेको थियो।

साथै पीडित पक्षकै सुराकीको आधारमा वलीको घर खान तलासी गर्दा एक थान भरुवा बन्दुक पनि बरामद गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्