कांग्रेस संसदीय दलको बैठक बस्दै


 


काठमाडौँ, असार २२ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने तय भएको छ ।

नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरु बोलाएपछि सरकार अल्पमतमा परेको छ ।

सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति: २२ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्