धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मीमाथि दुर्व्यवहार


 


धरान, असार २२ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मी संजिता धमलामाथि दुर्व्यवहार भएको छ ।

नगर प्रमुख साम्पाङ आफैँले पटक–पटक सामाजिक सञ्जालमार्फत कार्यकक्षमा बोलाएपछि त्यहाँ पुगेकी सञ्चारकर्मी धमलामाथि शुक्रबार दिउँसो दुव्र्यवहार भएको हो ।

सञ्चारकर्मी धमलाले पटक पटक सामाजिक सञ्जालमा आफ्नो नाम तोकेर चरित्र हत्या गर्न पाइँदैन भन्दा उल्टो मेयरले धमलालाई नगर प्रहरी तथा नेपाल प्रहरी लगाएर लछारपछार पार्दै कार्यकक्ष बाहिर निकालेको आरोप छ ।

उक्त घटनापछि प्रेस चौतारी नेपाल सुनसरी, नेपाल प्रेस युनियन सुनसरी, प्रेस सेन्टर नेपाल, सुनसरी तथा समाजवादी प्रेस संगठन, कोशी प्रदेशद्वारा घटनाको घोर भर्त्सना गर्दै दोषी उपर कडा कारर्वाहीको माग गरेका छन् ।

सबैको बोल्न पाउने अधिकार हुँदा–हुँदै मेयर साम्पाङले कार्यकक्षमा महिला सञ्चारकर्मीमाथि गरेको कायरतापूर्ण व्यवहारको पत्रकारका संघ–सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घोर भर्त्सनासहित घटनामा संलग्नहरू माथि कारर्वाहिको माग गरेका छन् ।

प्रकाशित मिति: २२ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्