नेकपा एमाले संसदीय दलको बैठक बस्दै


 


काठमाडौं, असार २२ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा पछिल्लो राजनीति परिस्थितिबारे छलफल हुने बर्तौलाले जानकारी दिए ।

एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने सहमति जुटेसँगै मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरी संसदबाट असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति: २२ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्